काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अंकले घट्दै १६३०.९१ विन्दुमा पुगेको छ। नेप्से १.९१ प्रतिशतले घट्दा सबै समूह राताम्य भएका छन्। बजारमा गिरावट आएसँगै आज ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच भएको छ।
आजको कारोबारमा २२७ कम्पनीको शेयर मूल्य घटेको छ भने केवल १५ कम्पनीको मूल्य बढ्न सफल भएको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो। ६७ हजार ६४८ पटकको किनबेचसँगै नेप्से परिसूचकमा थप दबाब परेको देखिन्छ।
समूहगत हिसाबले सबैभन्दा ठूलो गिरावट फाइनान्स समूहमा देखिएको छ। यो समूह ४.४१ प्रतिशतले घटेर ३११५.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, वाणिज्य बैंक समूह १.४९ प्रतिशत, विकास बैंक २.०३ प्रतिशत, होटेल तथा पर्यटन २.३१ प्रतिशत र हाइड्रोपावर समूह पनि २.३१ प्रतिशतले घटेका छन्।
अन्य समूहमा समेत गिरावट जारी छ। जीवन बीमा समूह १.८१ प्रतिशतले, लघुवित्त समूह १.८६ प्रतिशतले र निर्जीवन बीमा समूह १.४२ प्रतिशतले घटेका छन्। सबैभन्दा कम गिरावट म्युचुअल फण्ड समूहमा देखिएको छ, जसको मूल्य ०.९१ प्रतिशतले घटेर २१.५२ विन्दुमा सीमित भएको छ।
बजारमा गिरावट आउनुको प्रमुख कारण लगानीकर्तामा निरन्तर घट्दो आत्मविश्वास र खरिद चापको कमीकै कारण हो। शेयर बजारमा देखिएको यो भारी गिरावटले लगानीकर्ता थप सचेत हुनुपर्ने देखिन्छ।