एमालेलाई संकट – गण्डकी प्रदेशमा ढल्यो गुरुङको सरकार,कांग्रेसले मुख्यमन्त्री पाउने पक्का

काठमाण्डौ – नेकपाको एकीकरण अदालतले तोडिएपछि संयुक्त रुपमा बनेको नेकपाको सरकार धमाधम संकटमा पर्ने थालेको छ ।

यसको सुरुवात गण्डकी प्रदेशबाट सुरु भएको छ । नेकपाको बहुमत रहेको पृथ्वी सुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ । केही दिन अघि माओवादीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो । माओवादीका सरकारमा २ मन्त्री थिए । राष्ट्रिय जनमोर्चाले समेत सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि गुरुङको सरकार अल्पमतमा परेको हो ।

यो संगै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । आजै सहमति गरेर मुख्यमन्त्री बिरुद्द अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा कार्यदल रहेको श्रोताको दाबी छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ ।

प्रतिक्रिया