• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानी गर्ने हैन ? आउँदै छन् १६ अर्ब भन्दा धेरैको आईपीओ

काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।

पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै पुगिसकेका छन् । प्राथमिक शेयर भर्नेकै संख्या पनि सत्र लाख हाराहारी रहेको पछिल्लो शेयरको आवेदनले पनि देखाएको छ । यसरी हेर्दा नेपालमा हितग्राहि खाता खोलेका मध्य ५० प्रतिश भन्दा धेरै सक्रिय छन । ती मध्य पनि करिव ५ लाख हाराहारी लगानी कर्ताहरु भने दोस्रो बजारमा सक्रिय रहेका छन । यो संख्या पछिल्लो लकडाउनपछि नै उर्लिको हो ।

लगानीकर्ताको प्रमुख आकर्षण भनेको प्राथमिक शेयर हो । यसै विच करिव १६ कम्पनीहरुको ६ अर्वको शेयर निष्कासनको तयारीमा रहेका छन । शेयर निष्कासनको तयारीमा रहेका केहि कम्पनीहरु यस प्रकार रहेका छन ।

साहस उर्जा लिमिटेड – १ करोड ५ लाख कित्ता,

सामलिङ पावर कम्पनी – १२ लाख ३० हजार कित्ता

बुद्ध भुमि नेपाल हाइड्रो पावर कम्पनि लि। – १२ लाख कित्ता

मनकामना स्मार्ट लघुवित वित्तिय संस्था लि। – ३८ हजार ९ सय कित्ता

जीवन विकास लघुवित्त वित्तिय संस्था लि। – १९ लाख ७७ हजार ३ सय कित्ता

सयपत्रि हाइड्रो पावर लि। – ९ लाख कित्ता

बलेफी हाइड्रो पावर लि। – ३६ लाख ५५ हजार ९ सय ४० कित्ता

ग्रीन भेन्चर लि। – ६२ लाख ५० हजार कित्ता

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी – ३३ लाख ७ हजार ५ सय कित्ता

हिमालयन हाइड्रो लि। – २२ लाख ५० हजार कित्ता

डिस मिडिया नेटवर्क लि। – २३ लाख ८५ हजार ९ सय २९ कित्ता

मैलुङखोला जलविद्युत कम्पनि लि। – ७ लाख ३६ हजार २ सय ८६ कित्ता

मध्य भोटेकोशी जलविद्युत कम्पनि लि। – १ करोड ५० लाख कित्ता

न्यादि हाइड्रो लि। – ४० लाख ५० हजार कित्ता

सिइडिबी हाइड्रो विकास कम्पनि लि। – २५ लाख १८ हजार २ सय ३० कित्ता

विन्धवासीनि हाइड्रो विकास कम्पनि लि। – २५ लाख कित्ता

प्रतिक्रिया