काठमाण्डौ – २०७२ को विनासकारी भूकम्पले भत्काएको धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।
अहिले धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । अघिल्लो वर्षमै उदघाटन गरिसक्नु पर्ने भए पनि कोरोना महामारीका कारण समयमै निर्णमा हुन सकेको थिएन ।
अहिले धरहराको रंग रोगन र अन्य निर्माण कार्य धमाधम भइरहेको छ । विनासकारी भूकम्पले भत्काएको धरहरा,रानी पोखरी र कमल पोखरीको निर्माण कार्य सन्तोषजनक रहेको छ । रानी पोखरी भने निर्माण सम्पन्न भैसकेको छ ।