निशा केसी र वसन्त थापाको आवाज सिम फाँट – भिडियो सहित

काठमाण्डौ – नेपाली लोकदोहोरीको संरक्षणमा लागि परेको इनेपाल ग्रुपको नयाँ प्रस्तुति सिम फाँट भर्खर मात्र सार्वजनिक भएको छ ।

केही समय अघि मात्र दोहोरी प्रस्तुति सुरु गरेको ग्रुपले गीत संगीतमा पनि आफ्नो उपस्थिति जनाइरहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको पछिल्लो गीत पनि निकै उत्कृष्ट रहेको छ ।

गीतमा वसन्त थापा र निशा केसीको आवाज रहेको छ । गीतलाई कस्तुप पन्तले शब्द सिर्जना गरेका छन् भने गायिका आफैले लय संकलन गरेकी छन् ।

गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् लोमस शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ ।

प्रतिक्रिया