• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अजोड इन्स्योरेन्सको ११ सयमाथि पुगेको मूल्य निरन्तर ओरालो लाग्दै

काठमाण्डौ – मार्च २९ तारीख अजोड इन्स्योरेन्सको शेयर मूल्य ७७६ मात्र थियो । जुन मूल्य अन्य कम्पनीको तुलनामा सामान्य हो ।

६ देखि ७ सयको बीचमा लामो समय यो कम्पनीको शेयर मूल्य कायम रह्यो जुन सामान्य पनि हो । तर मार्च २९ पछि कम्पनीको शेयरम मूल्यमा निरन्तर सर्किट लागेर १२ आसपास पुग्यो त्यस पछि ओरालो लागेको अजोडको शेयर मूल्य अहिले ८ सयको हाराहारीमा छ ।

सरसर्ती हेर्दा यो प्रक्रिया सामान्य जस्तो लाग्छ तर यो मूल्यले धेरैको लगानी डुबाएको छ । बोनस नै नदिएको यो कम्पनीले हकप्रद शेयर सार्वजनिक गर्ने खबर एक दिन पहिला लिक हुँदा मूल्यमा सर्किट लाग्यो । त्यस पछि आधिकारिक रुपमा हकप्रद शेयर निष्कासन गर्ने भएपछि सर्किट लागेरै मूल्य बढ्यो । यो बीचमा धेरै लगानीकर्ताले कम्पनी शेयर किने तर अवस्था यसैमा सिमित रहेन ।

बीमा समितिले हकप्रदक शेयर निष्कासन गर्न रोक लगाएपछि कम्पनी शेयर मूल्य ओरालो लाग्यो । यो बीचमा हकप्रद शेयरको आशामा शेयर किन्न सोझा लगानीकर्ताको करोडौं डुबेको छ । यो भुमारीले धेरै लगानि कर्तालाई आत्तिने बनेको छ ।

यस्ता खाले समाचार र सूचनाले सोझा लगानीकर्ताको करोडौं डुब्ने गरेको यो पहिलो घटना भने होइन ।

प्रतिक्रिया