• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजार केवल तीन दिन मात्र खुल्ने

काठमाण्डौ – सामान्य समयमा केवल ५ दिन मात्र खुल्ने शेयर बजार यो साता भने केवल तीन दिन मात्र खुल्ने भएको छ ।

आईतबार घोडे जात्राका कारण उपत्यकामा बिदा भएका कारण शेयर वजार खुलेको छैन भने सोमबार र मंगलबार खुलेको बजार बुधबार नयाँ वर्षको लागि बन्द हुने छ त्यस्तै यो साताको अन्तिम दिन बिहीबार शेयर बजार फेरि एक दिन खुल्ने छ । यो सँगै यो साता बजार केवल तीन दिन मात्र खुल्ने छ ।

धेरै लगानीकर्ताहरुले उपत्यकामा बिदा हुँदा शेयर बजार बन्द गर्न नहुने राय दिँदै आएका छन् ।

प्रतिक्रिया