• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीको नयाँ अवसर – बिएफआइएनले आईपीओ जारि गर्ने,विक्रि प्रबन्धकमा एनआईसी क्यापिटल

काठमाण्डौ – काठमाण्डौ नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।

पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै पुगिसकेका छन् । प्राथमिक शेयर भर्नेकै संख्या पनि सत्र लाख हाराहारी रहेको पछिल्लो शेयरको आवेदनले पनि देखाएको छ । यसरी हेर्दा नेपालमा हितग्राहि खाता खोलेका मध्य ५० प्रतिश भन्दा धेरै सक्रिय छन । ती मध्य पनि करिव ५ लाख हाराहारी लगानी कर्ताहरु भने दोस्रो बजारमा सक्रिय रहेका छन । यो संख्या पछिल्लो लकडाउनपछि नै उर्लिको हो ।

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५५ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

प्रतिक्रिया