• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटीको आईपीओ नतिजा मेरो शेयरमा आयो,यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ – सिँगटी को नतिजा CDSC ले प्रकाशित गरेको छ । बिहान ११ बजे बाँडफाड भएको शेयरको नतिजा ३:३० बाट हेर्न मिल्ने भएको हो ।

शेयर आवेदन दिएका मध्य २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि दिएका थिए ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँड भएको १ घन्टा पछि https://iporesult.cdsc.com.np मा नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया