काठमाण्डौ – लोकप्रिय गायक पुस्कल शर्माले आवाज दिएको नयाँ गीत मायाको बोली भर्खर मात्र सार्वजनिक भएको छ ।
पुस्कल शर्मा र समीक्षा अधिकारीको आवाज रहेको सो गीतलाई हिरा बस्नेतले लय तथा शब्द सिर्जना रहेको छ ।
पुस्कल शर्माको निर्देशनमा बनेको सो गीतको भिडियोमा सोनु रोयल र सारिका केसीको अभिनय रहेको छ ।