• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

३५ प्रतिशत लाभांश दिने लक्ष्मी इक्यिुटि फण्डको घोषणा

काठमाण्डौ - लक्ष्मीम्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशतल लाभांश घोषणा गरेको छ । 

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज ९बिहिबार० बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया