• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बैशाख ६ देखि शेयर निष्काशन गर्दै एक कम्पनी

काठमाण्डौ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया