• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

८ अर्बको आईपीओ आउँदै,लगानीकर्ता उत्साहित

काठमाडौं– विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ । गैर आवासीय संघ(एनआरएनए)ले १० अर्बकोे एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ ।

नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्न स्थापना भएको कम्पनीको आईपीओ जारी गर्ने योजना रहेकोे एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेशाकर्मी सबैले लगानी गर्न सक्नेछन्,’ पन्तले भने, ‘नेपालको विकास र समृद्धिमा लगानी गरि आर्थिक लाभसमेत उठाउन सकिन्छ ।’
८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन हुने जनाएको छ । कम्पनी दर्ता भए पनि आईपीओ जारी गर्न अन्य प्रक्रिया बाँकी नै रहेको छ । तर, कोषले सबै प्रक्रिया पु¥याए पछि आईपीओ जारी गर्नेछ ।

एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर लगानी गर्न लागेको हो ।
१० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको एनआरएनले विदेशमा रहेका नेपालीलाई डलरमा भर्न पाउने गरी आईपीओ निष्कासन गर्ने जनाएको छ । एनआरएन इन्भेष्टमेन्ट फण्डको कम्पनीकालागि प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने योजना बनाएको छ ।

संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउनेगैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए । मुलुक भित्र रहेका नेपालीले भने त्यस किसिमको प्राथमिक शेयरमा आवेदन दिन पाउने छैनन् ।संघले दुई वर्ष अघि लगानी सम्मेलन मार्फत १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप लगानी भित्र्याउन भन्दै प्राथमिक शेयर निष्कासनको तयारी गरेको हो । यसमा आफ्नो १० प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहने गरी एनआरएनले जनाएको छ ।

नेपाल सरकार र अर्थ मन्त्रालयबीचको सहमति अनुसार कम्पनी दर्ता भएको हो । यसका लागि दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको संस्थापक लगानीको लागि प्रतिबद्धता आइसकेको संघले जनाएको छ । कम्पनीमा ८५ प्रतिशत लगानी (पब्लिक) गैर आवासीय नेपालीको हुने छ । ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ । प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ ।

नेपाल सरकार,नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको विद्यमान कानुनले बाधा नपु¥याउने गरी यसलाई विशेष सुबिधा दिइएको छ । सोही विशेष सुविधा प्रयोग गर्दै कम्पनीले दर्ता भए लगत्तै विदेशमा रहेका नेपालीहरूबाट प्राथमिक शेयर मार्फत रकम संकलन गर्ने पन्तले बताए । संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउँदै छ । लगानी गर्नका लागि ७० भन्दा बढी प्रोजेक्टको प्रस्ताव तयार गरेको छ ।

प्रतिक्रिया