मंगलबार दोहोरो अङ्कले घट्यो नेप्से,कारोबार रकममा भने केही सुधार

काठमाण्डौ । नेप्सेमा निरन्तर ओरालो यात्रा कायमै छ । मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१।२२ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १९५१।७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।आज म्युचुअल फण्ड ०।०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने झिनो बढोत्तरी देखिएको छ । आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज हिमालयन एभरेष्टको ९ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिदी पावरको ९ करोड ११ लाख ७० हजार र तेस्रो स्थानमा रहेको सानिमा माइ हाइड्रोपावरको ८ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया