हिमालयन रिइन्स्योरेन्सको आईपीओमा १४ लाख भन्दा धेरैको आवेदन,आवेदन दिए जति शेयर पाइने

काठमाडौं - केही दिन अघि देखि आइपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयरमा १४ लाख ६० हजार भन्दा बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।

कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

सम्भवतः आज देखि कम्पनीको आइपीओ आवेदन बन्द हुने छ । 

प्रतिक्रिया