दर्शक भावुक बनाउने शान्ती र कुशलले आवाज दिएको गीत अनाथ,जुन गीत गाउँदा शान्ती भावुक भएकी थिइन् 

काठमाण्डौ । पछिल्ला केही गीतहरूमा शान्ती र कुशलको जोडी दर्शकले निकै मन पराएका छन । उनीहरूको आवाजमा जादु नै छ । मेहनती सर्जक कुशलको गायन शैलीको अहिले निकै चर्चा हुने गरेको छ । 

यही जोडीले आवाज दिएका नयाँ गीत अनाथ भर्खर मात्र सार्वजनिक भएको छ । सामाजिक कथामा बनेको सो गीत टिकटक लगायत सामाजिक सञ्जालमा सबै मन जित्दै गइरहेको छ । गीतको लय शब्द तथा भिडियो समेत निकै दमदार रहेको छ । 

सो गीत गाँउदा स्टुडियोमा गायिका शान्ती श्री पनि भावुक भएको निर्माण युनिटले जानकारी दिएको छ । शान्ती श्री परियार,कुशल बेलबासे,अनमोल बस्नेतको आवाज रहेको गीतको शब्द सागर रेग्मीले लेखेका हुन भने कुशल आफैले लय सिर्जना गरेका छन । 

निशान एसकेको निर्देशन रहेको गीतमा अञ्जली अधिकारी,दिलिप हमाल,पार्वत रिजाल र सञ्चित रेग्मीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया