साताको अन्तिम दिन नेप्से घट्यो,२ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचकमा ८ अंकको करेक्सन देखिएको छ। शुक्रबार नेप्से सूचक ८।८७ अंकले घटेर २०२८।७७ विन्दुमा झरेको छ।


शुक्रबार दुई घण्टा खुलेको बजारमा करिब डेढ अर्बको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार २२० कित्ता शेयर कारोबार भएको छ।

शेयर बजारमा कर्जाको सेटलमेन्टको असर कम भएको र लगानीकर्तालाई मार्जिन कल समेत आउन छोडेकोले बिक्री चाप घटेको छ। अर्कोतर्फ लगानीकर्ताको मागमा नियामक निकाय सकारात्मक देखिएको र बैंकिङ्ग प्रणलीमा निक्षेप संकलन समेत बढ्न थालेकोले त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ।

गत शुक्रबारदेखि नै शेयर बजार बढ्न थालेको थियो। आइतबार ९४ अंकले बढेको बजार सोमबार र मंगलबार करेक्सनतर्फ गएको थियो भने सो पश्चात २ दिन पुनः बजारमा उच्च अंकको बृद्धि देखिएको छ। यस साता नेप्से १६६ अंक बढेर बन्द भएको छ।

यस दिन सिवाइसि नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९।९९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ७।७० प्रतिशत, मैलुङ खोला हाइड्रोपावरको ६।१७ प्रतिशत र किसान लघुवित्तको ४।८१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया