• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नागरिक लगानी कोषले बोनसमा शेयर दिने,

काठमाण्डौ – विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिरहेका छन् । यसै बीच नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिवार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन् आउने २७ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया