क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट चैत ५ गते मंगलबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान उक्त बाँडफाँट गरिएको हो।

कम्पनीले गत फागुन २२ देखि २६ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। आईपीओका लागि १९ लाख ६५ हजार ८११ आवेदकले २ करोड २७ लाख ३९ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए। तर तीमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने १९ लाख ५५ हजार ६८५ आवेदन मात्र स्वीकृत भएको छ।

मागभन्दा धेरै आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावलीअनुसार गोलाप्रथा (लक्की ड्र) विधिबाट बाँडफाँट गरिएको हो। जसअनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले मात्र सेयर हात पारेका छन्। उनीहरू प्रत्येकले १० कित्ताका दरले सेयर पाएका छन्, भने बाँकी लाखौँ लगानीकर्ताको हात खाली रहेको छ।

प्रतिक्रिया