मेघा बैंकको बोनस पाउन मंसिर १३ गते सम्म शेयर धनि बन्नु पर्ने

काठमाडौं । मेघा बैंकको बोनस पाउन मंसिर १४ गते सम्म शेयर धनी बन्नु पर्ने भएको छ । बैंकले साधारण सभाको मिति तय गरेसँगै बुक क्लोजको मिति समेत तय गरेको हो । 

कम्पनीको ११ औं बार्षिक साधारण सभा मंसिर २८ गते काठमाण्डौमा हुने भएको छ । कमलादी काठमाडौंमा बिहान ११।१५ बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर २।०७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
 
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर  १४ गते बुक क्लोज गर्दैछ । मंसिर १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया