एआईजी विश्वराज पोखरेलको सरुवा

काठमाडौं - प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ ।

मन्त्रिपरिषद्ले एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह लाई  मानवश्रोत विकास विभाग, मुकुन्दराज आचार्यलाई  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दिवेश लोहनीलाई  अपराध अनुसन्धान विभाग र अरुण कुमार बिसीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिएको छ । 

प्रतिक्रिया