• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटी जलविद्युतको शेयर बाँडफाँड कहिले होला ? यस्तो छ तयारी

काठमाण्डौ – केही समय अघि मात्र सर्वसाधारको लागि प्राथमिक शेयर निष्कासन गरेको सिँगटी जलविद्युतको शेयर बाँडफाँड कहिले होला भन्ने धेरैको चासो रहेको छ ।

यसो त आइपीओ निस्कासन गरेको १५ दिन सम्म शेयर बाँडफाँड हुँदै आएको छ तर समय र परिस्थितिले केही ढिलो पनि हुन सक्ने गरेको छ ।

बिक्री प्रबन्धक मेघा क्यापिटलले दिएको जानकारी अनुसार अहिले धमाधम सूचिकृतको काम भइरहेको छ । छिटोमा यो हप्ताको अन्तिम र ढिलोमा अर्को साताको अन्तिममा सम्ममा शेयर बाँडफाँड भइसक्ने छ ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय