प्रकाश सपुतको गीत “फुटेका चुरा” ले १०० लाख दर्शक बनायो

काठमाडौँ – लोकप्रीय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो गीत फुटेको चुराले छोटो समयमै करोड दर्शक बनाउन सफल भएको छ । गीत तीन महिना पहिला सार्वजनिक भएको थियो ।

उत्कृष्ट लय, शब्द , भिडियो र कथामा बनेको सो गीतलाई निकै छोटो समयमा एक करोडको माया मिलेको हो ।

यसो त सपुताका धेरै सिर्जना दर्शक श्रोताको मन जित्दै गइरहेका छन् ।

प्रकाश सपुतको लय तथा शब्द सिर्जना रहेको सो गीतमा प्रकाश र अनिता चलाउनेको आवाज रहेको छ ।

गीतमा प्रकाश सपुतको निर्देशन रहेको छ भने नम्रता श्रेष्ठ, प्रकाश सपुत,कविता नेपाली लगाएको अभिनय रहेको छ ।

प्रतिक्रिया