काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँट आज ठीक १० बजेबाट सुरु हुने भएको छ ।
कम्पनीले बुधवार प्रि allotment सम्पन्न गरेसँगै शुक्रबारको लागि बाँडफाँड गर्ने बाटो खुलेको हो ।
कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
कम्पनीको शेयरमा अत्याधिक माग परेका कारण धेरैको हात खाली हुने निश्चित छ ।
आफूलाई शेयर परे नपरेको हेर्नको लागि यो पटक सिडिएससी ले बनाएको नयाँ वेबसाईट www.iporesults.cdsc.com.np मा जान सकिने छ ।