काठमाडौं । बैंकिङ प्रणाली विस्तारै पैसा भित्रन थालेको छ । तिहार बिदापछि बैंकहरुमा पैसा फर्किन थालेको हो ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार एक हप्ताको अवधिमा नै बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँले निक्षेप बढेको छ । कात्तिक ११ गतेदेखि १८ गतेको अवधिमा निक्षेप वृद्धि भई ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगको छ । बैंकर्स संघका अनुसार गत कात्तिक ११ गते बैंकहरुको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा बैंकहरुको कर्जा प्रवाह भने १ अर्ब २५ करोड रुपैयाँले घटेको छ । कात्तिक १८ गतेसम्म बैंकहरुले ४२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
तर, कात्तिक ११ गते शुक्रबार भने बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थिए । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ८७.२१ प्रतिशत रहेको छ ।