काठमाडौं - व्यवसायिक रूपमा नेपाली गीतसंगीत सफल नभएको अवस्थामा पनि कलाकारहरूले ठूलो लगानीमा गीतहरू सार्वजनिक गरिरहेका छन्। सुरिलो आवाजकी धनी लोकप्रिय गायिका सुशिला गौतमले आफ्नो प्रेमिकाको बयान गरिएको नयाँ गीत सार्वजनिक गरेकी छिन्।
सुशीलाको सुमधुर आवाजमा प्रस्तुत गरिएको गीतमा उत्कृष्ट लय र शब्द सिर्जना सुन्न सकिन्छ। गुल्मी चन्द्रकोट बोलको सो गीतमा उनलाई रेशम निर्दोषले आवाजमा साथ दिएका छन्। चर्चित शब्द सङ्कलक रबिन लामिछानेको उत्कृष्ट शब्द सिर्जनामा ईश्वर सिंहले लय सिर्जना गरेका हुन्।
गीत सार्वजनिक भएपछि गायिका गौतमले दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्। विनोद भण्डारीले निर्देशन गरेको यस गीतमा विनोद भण्डारी र सञ्जन गुरुङले अभिनय गरेका छन्।