बजारमा उतारचढावबीच नेप्से ५ अंकले हरियो

काठमाडौं । तिहार बिदापछि आइतबारको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। दिनभर उतारचढावपछि नेप्से परिसूचक ५.१९ अंकले बढेर २५ सय ९ दशमलव ०४ बिन्दुमा पुगेको छ।

आज जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सेयरमा वृद्धि देखिएको छ भने बाँकी समूहका सेयर घटेका छन्। अन्य समूहका सेयर सर्वाधिक ३ प्रतिशतले बढेका छन्।

यसदिन एसबिएल डिबेञ्चर २०८९ का सेयर मूल्यमा १०.७५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने तारागाउँ रिजेन्सी होटलका सेयर ७.१६ प्रतिशत र भगवती हाइड्रोपावरका सेयर ७.१३ प्रतिशतले घटेका छन्।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। आइतबार ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया