काठमाण्डौ – गएको शुक्रबारबाट प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रोको शेयरमा आवेदनको ओइरो लागेको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
यो आवेदन ५ गुणा भन्दा धेरै हो । अब लगानीकर्ताले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।