हिमालयन रिइन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुने,आवेदन दिने सबैले शेयर पाउने

काठमाण्डौं - काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार बिहान १० बजे हुने तयारी गरिएको छ । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुनेछ । 

कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको थियो । 

आइपीओमा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन र शेयर संख्या हेर्दा लगानीकर्ता सबैले शेयर पाउने पक्का देखिन्छ । 

जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १.२९ गुणा बढी हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले मंसिर २७ गतेबाट आज (पुस २ गते) सम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो। 

प्रतिक्रिया