मोलुङ हाइड्रोपावरको आइपीओमा ३ गुणा बढी आवेदन

काठमाडौं - मोलुङ हाइड्रोपावरको आइपीओमा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज दोस्रो दिन (फागुन ५ गते) सम्ममा ५ लाख ८३ हजार ५०३ जनाले ६६ लाख ५५ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २.९३ गुणा बढी आवेदन हो । मोलुङ हाइड्रोपावरले बिहीबार (फागुन ४ गते) देखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । 

यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया