काठमाण्डौ – सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डमा आवेदन दिने समय थप गरेको छ । अब चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । यसअघि सनराइज क्यापिटलले यस अघि सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो।
निष्काशनमा ल्याइएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।