• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

देवेन्द्रको दिल दुख्दा दर्शक भने मख्ख

काठमाण्डौ - बहुप्रतिभाका धनि सर्जक तथा गायक देवेन्द्र बब्लुको नयाँ गीत दिल दुखो विस्तारै दर्शक माझ अत्यन्तै लोकप्रिय बन्दै गइरहेको छ । 

गीतलाई दर्शक स्रोताबाट अत्यन्तै उत्कृष्ट गीत भन्ने प्रक्रिया आएको छ । थोरै र दमदार र फरक सिर्जना गर्ने देवेन्द्रले यो पटक पनि माया स्तर नमिल्दा विछाेडीनु पर्ने जोडीको कथालाई गीतमा उतारेका छन । गीतका शब्द निकै कर्णप्रिय र संगीत अत्यन्तै सुमधुर रहेको छ । 

गीतलाई देवेन्द्र आफैले लय,शब्द अभिनय तथा आवाज समेत दिएका छन । विशाल घिमिरे र देवेन्द्रको संयुक्त निर्देशन रहेको गीतको भिडियोलाई समते फरक ढंकबाट प्रस्तुत गरिएको छ । गीतमा बब्लु,विशाल घिमिरे,जेरी भण्डारी र अमर रावलको अभिनय देख्न सकिन्छ । 

 

प्रतिक्रिया