काठमाण्डौ – पछिल्लो समय डिजिटल माध्यमबाट भुक्तानी हुनेक्रम बढेपछि कनेक्ट आइपिएसमार्फत हुने डिजिटल भुक्तानीको सीमा बढाइएको छ ।
नेपाल क्लियरिङ हाउसले यस अघि १० लाख सम्म पैसा पठाउन सकिने सिमा थिया तर अव भने २० लाख सम्म पठाउन सकिने छ । त्यस्तै कनेक्ट आइपिएसको मोबाइल एपबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएकोछ। यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्मको थियो।
कनेक्ट आइपिएसको प्रयोग गर्दा रकमका आधारमा २ देखि १५ रूपैयाँसम्म शुल्क लाग्ने गरेको छ। एक पटकमा ५० हजारभन्दा माथि कारोबार गर्दा १५ रूपैयाँ शुल्क लाग्छ।
५ हजारदेखि ५० हजारसम्मको कारोबारमा १० रूपैयाँ र ५ सयदेखि ५ हजारसम्म कारोबारमा ५ रूपैयाँ र ५ सयमुनिको कारोबारमा २ रूपैयाँ शुल्क लाग्छ।