• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

बजारमा उत्साह कायमै,१५ अंकले नेप्से बढ्दा कारोबा रकम भने घट्यो

काठमाण्डौ ।  बुधबार नेप्से १५ अंकले बढेर ३०९४ विन्दुमा पुगेर बजार बन्द भएको छ । 

नेप्से बढे पनि आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेको छ । २१९ कम्पनीहरुको १३ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य १०९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । 

नारायणी विकास बैक लगायत तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा पन्च कन्या माई जलविद्युतको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

जीवन वीमाहरुको उपसूचक सबै भन्दा धेरै बृद्धिहुँदा युनाइटेड मोदिको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया