उत्कृष्ट अभिनय मार्फत आफ्नो मुटुको घाउ देखाउँदै शिशिर - भिडियो सहित 

काठमाण्डौ । अभिनय मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत यो मुटुको घाउ भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेममा बिछोड भएका मायालु जोडिहरूका कथालाई विषय बनाएर तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । जुना गुरुङ र शिशिर पौडेलको दमदार अभिनय रहेको गीतमा अमित सापकोटा र सुनिता बुढाको अभिनय रहेको छ । गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन । 

रमेश परियारको शब्द तथा लय सिर्जना रहेको गीत सार्वजनिक भएपछि दर्शकहरूबाट राम्रो प्रतिक्रियाहरू आइरहेको निर्माण युनिटले आर्थिक सन्देशलाई जानकारी दिएको छ । 

 

प्रतिक्रिया