• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

२ कम्पनीले आईपीओ ल्याउने अनुमती मागे,कहिलो होला निष्कासन ?

काठमाण्डौ – लगानीकताहरु थपिएसँगै लगानीका नयाँ अबसरहरु पनि थपिदै गइरहेका छन । यसै विच थप २ वटा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेका छन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते, मंगलबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया