रेणु दाहाल भरतपुरमा जीत उन्मुख,मतान्तर ५ हजार भन्दा धेरै

काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ । 

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् । 

कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार​ १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् ।

ताजा अपडेट: 

रेनु दाहालको अग्रता ५०१८

भरतपुर महानगरपालिकाको ६९६१२ गणना गर्दा

मेयर 

रेनु दहाल (गठबन्धन): २७०७८

विजय सुवेदी (एमाले): २२०६०

जगन्नाथ पौडेल (स्वतन्त्र): ९४१४

उपमेयर 

चित्रसेन अधिकारी (गठबन्धन): २९१३२

हिमला गुरुङ(राप्रपा): १७१६६

वडाध्यक्ष १५ मा ९३३ गणना हुँदा

रुख ४५१

भुइकटहर १६०

हलो १२८

वडाध्यक्ष १६ मा ११११ गणना हुँदा

रुख ६७३

सूर्य २०४

 

प्रतिक्रिया