आज एकैदिन महिला लघुवित्त र ग्रीन लाईफको पहिलो कारोबार दोस्रो बजारमा,कतिमा होला कारोबार ?

काठमाण्डौ – महिला लघुवित्तको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ । यो संगै कारोबारको लागि बाटो खुलेको छ ।

लघुवित्तको अब मङ्गलबार स्पेसल प्रि ओपनिङ सेसनमा कारोबार भए द्रोसो बजारमा नियमित कारोबार हुने छ ।

कम्पनिको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

१०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी गरेको थियो ।

कतिमा खुल्छ पहिलो कारोबार ?

आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

त्यस्तै आईपीओ सार्वजनिक भएको लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

त्यस अनुसार मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

प्रतिक्रिया