चाइनाबाट आयात बढ्यो,एकै दिन १४ गाडी सामान भित्रियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो । 

छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो । नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनिया गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । 

यसअघि चिनिया पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी  चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनिया गाडी सामान थपेको हो ।

अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उनले बताए । 

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 


चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् । 


प्रतिक्रिया