काठमाण्डौ - नियामक निकायमा बसेर पनि अनियमितताको आरोप लागेका शेयर बजार नियामक नीकाय धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष माथि कारबाही हुने संकेत देखिएको छ ।
धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना र नेप्सेमा चन्द्र सिंह साउद प्रमुख रहेका छन् । उनीहरु दुबैका परिवारले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको पाइएको थियो ।
उनीहरु दुवैजना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरण विवादमा मुछिएका थिए । सर्वोत्तम सिमेन्ट प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । तर उनीहरुका परिवारले सो कम्पनीको शेयर खरिद गरेको पाइएपछि यो विवाद बाहिर आएको हो ।
शुक्रबार लेखा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई समेत सांसदहरुले नियामक निकायमा रहेका जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने धारणा राख्नुभएको थियो । शर्मा समेत गलत गर्नेलाई हटाएर अगाडिबाटै स्थितिमा हुन्छ ।
लगानीकर्ता,कर्मचारी र संसदीय सुनुवाई समितिबाट समेत उनीहरूमाथि प्रश्न उठेपछि अब भने पद जाने देखिएको छ । तर यसको पुरै अधिकार अर्थमन्त्रालय सँग रहेको हुँदा मन्त्री शर्माले कस्तो कदम चाल्छन् भन्ने सोचनीय रहेको छ ।
यसअघि धितोपत्र बोर्डले ४९ कम्पनीको सूची सार्वजनिक गरेको प्रति पनि चौतर्फी आलोचना भएको थियो । सूची लगत्तै शेयर बाजार केही समय ओरालो लागेको थियो ।
लगानी समूह र दबाब समूहले पनि यो प्रकरणमा उनीहरूमाथि कारबाही गरी शेयर बजारमा सुधार ल्याउनु पर्ने बताएका छन ।