रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - रत्नपार्क देखि सामाजिक सञ्जाल जताततै चर्चामा रहेका नाम होो मुकुन्देे उर्फ मुकुन्द घिमिरेले मंसिर महिनाको लगन पारेर सुटुक्क इन्गजमेज्ट गरेका छन् । सामाजिक सञ्जाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन् ।
त्यस्तै मुकुन्द घिमिरे, अर्थात् ‘मुकुन्दे’। यो नाम रत्नपार्कमा मात्र सिमित रहेन आजकल। त्यसो त उनको भनाई र गराईहरू पनि सिमितताको सिमा बाहिर पुगिसके। नेपाली राजनीतिको चक्काचौंधमा एउटा उर्वर नौजवान कसरी पिसिन्छ भन्नेको एउटा उदाहरण हुन् उनी।
विविध कारणले राम्रै करिअर संभावना बोकेका नौजवान यतिखेर डिजिटल सामाजिक संजालका भाईरल कन्टेन्ट मात्र बनिरहेका छन्। त्यसैले भाईरल संजालमा सब्सक्राईबर, भ्यूज र मोनिटाईजेसनको गतिलो कन्टेन्ट बनिरहेका छन्।
पछील्लो समय ‘मुकुन्दे’ बाट ‘मुकुन्दाई’ बनेका उनी हरेक युट्युबरका लागी ‘मनि’ झार्ने माध्यम हुन्। राजेश हमालको बिहे देखी अमेरिकी सहयोग/लगानी/दान स्पष्ट नखुलेको तर धेरै चर्चा पाएको एमसीसी सम्मका विषयमा उनका धाराप्रवाह टिप्पणीले धेरै युट्युबरलाई ‘मनि’को वर्ष गरिदिएको छ। त्यसैले उनलाई अतिथी बनाउन चाहनेको संख्या पनि कम छैन।
कुनै बेला रत्नपार्क गतिलो ‘पब्लिक स्पेयर’ थियो, मुकुन्दे त्यहीँ ‘मुकुन्दायण’ भन्दै रूख चढेर चिच्याउँथे। पछी फेसबुक र युट्युबमा आउन थाले। अहिले लकडाउनको समय लोकप्रियताको शिखरमा पुगेको ‘क्लबहाउस’मा उनको ‘ईन्ट्रि’ भएको छ। क्लबहाउसमा लकडाउनमा फुर्सतिला बनेका विश्वभर छरिएका नेपालीहरूले उनलाई धमाकेदार स्वागत गरे भन्दा हुन्छ। ‘मुकुन्दे’लाई धान्छ त क्लबहाउसले भनेर बहस नै चार पाँच घण्टा सम्म चल्यो।