काठमाडौँ –पुँजी बजारमा विभिन्न कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गरिरहेको बेला आज (शुक्रबार) फेरी अर्को एक कम्पनी आईपीओ निष्कासन भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको हो ।
ज्योति लाईफलै ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको निष्कासन गरेको हो । ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्छन् ।
यो आइपीओ सार्वजनिक भएपछि बढीमा ६ लाख सम्मले १० कित्ताको दरले शेयर पाउने छन् । यसमा न्यूनतम १० कित्ता भर्दा उपयुक्त हुनेछ । शेयर बजारमा नयाँ लगानीकर्ताको संख्या पनि २५ लाख माथि पुगेको छ । सक्रिय रुपमै १६ लाख बढीले आवेदन दिने गरेका छन् ।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गरको हो । हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।