मेरो शेयरको पासवर्ड अब आफै रिसेट गर्न सकिने नयाँ सुविधा थप

काठमाण्डौ – धेरै लगानीकर्ताले विगत लामो समय देखि माग गर्दै आएको एउटा अनुरोध आज भने पूरा भएको छ । हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को मेरो सेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था सुरु हुने भएको हो। मेरो सेयरका प्रयोगकर्ताले युजर नेम र पावसर्ड बिर्सेमा मर्चेन्ट बैंकका डीपीमा गई फर्म भरी पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपथ्र्यो तर यो सवालमा स्टक ब्रोकर हाउसका डीपीहरुले भने फोन गरेर पासवर्ड रिसेट गर्दै आइरहेका छन्।

आज बिहीबार सीडीएससी र मर्चेन्ट बैंकहरुसँग भएको छलफल पनि मेरो सेयरको पासवर्ड रिसेट स्वयं गर्न सक्ने व्यवस्थाका बीच छलफल भएको बैठकमा सहभागी एक क्यापिटलका अधिकारीले बताए। पासवर्ड रिसेट स्वयं गर्न मिल्ने व्यवस्थाका लागि सीडीएससीले पूर्णअवस्थामा रहेको र चाँडै सो व्यवस्था सुरु हुने ती अधिकारीले सुनाए ।

प्रतिक्रिया