• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेपाल टेलिकमको नगद लाभांस तर शेयर मूल्य भने नराम्रोसँग घट्यो

काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको विहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल सरकारसमक्ष अनुरोध गर्नेछ। सरकारबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नगद लाभांश कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

तर लाभांस घोषणा गरेकै दिन कम्पनीको शेयर मूल्यमा चर्को गिरावट आएको छ । केही समय पहिला १५ सय माथि पुगेको प्रति शेयर मूल्य अहिले भने ११ सय आसपास आएको छ । हिजो मात्र कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया