पेट्रोलको मूल्य वृद्धि सँगै, गाडी भाडापनि महँगियो

काठमाडौंँ - पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भने, “गाडीभाडा समायोजनको स्वचालित मूल्य समायोजन गर्ने निर्णय पहिल्यै भइसकेको छ । पेट्रोलियमको मूल्य बढेपछि के  गर्ने  भन्ने  कुरा  विभागमा  रहेको  कमिटीले  काम गर्छ ।”

वैज्ञानिक भाडादरको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा पाँच प्रतिशत थपघट हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक यातायातको  वैज्ञानिक  भाडादर समायोजनका  लागि  पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजल पेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर भाडा समायोजन हुनेछ । 

यातायात व्यवस्था विभागले जेठ ३ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो ।

प्रतिक्रिया