हेटौँडा। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लामा नेपाल संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख सचिवालयका अनुसार लामालाई एमाले र कांग्रेसका ६४ सांसदहरूको समर्थन छ।