काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर सोमबार बाँडफाँड भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड गरिएको हो ।
आईपीओ बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ । ५०० कित्तादेखि २ लाख कित्तासम्म माग गर्ने ५२३ आवेदक मध्येबाट गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । यसअनुसार सबैभन्दा धेरै शेयर पाउने २९९ जनाले ५०० कित्ता शेयर हात पारेका छन् । गोलाप्रथाबाट बाँडफाँडमा नपरेका ५०० कित्ताभन्दा धेरै माग गरेका २२४ जनाले पनि ४९० कित्ताका दरले नै शेयर हात पारेका छन् ।