काठमाण्डौ – कुमारी बैंकको प्रवद्र्धनमा संचालित कुमारी सामुहिक लगानी कोष अन्तरगतको कुमारी इक्वीटी फण्डमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
फागुन १४ गते शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्रीमा आएको फण्डको आइतबार पौनै १ बजेसम्ममा नै करिब ७४ प्रतिशत बिक्री भइसकेको छ ।
फण्डले सर्वसाधरणका लागि ६८ करोड रुपैयाँ बराबरका ६ करोड ८० लाख इकाईहरु बिक्रीमा राखेको ल्याएको हो । जसमा ४६ हजार २१२ आवेदनबाट ५० करोड रुपैयाँ बढीको आवेदन परिसकेको छ ।