काठमाण्डौ – निरन्तर ओरालो लागेको नेपाली शेयर बजार आज भने ४० अंकले बढेर समग्र बजार २५१५ बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
लगातार नेप्से घटेकोमा आज भने बढेको हो । नेप्से बढे पनि कारोबार रकम भने आज घटेको छ । आज ५.५ अर्ब माथिको कारोबार भएको छ ।
२०९ कम्पनीको कारोबार भएका १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज चन्द्रागिरि हिल्स को शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।