• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेमा ८० अंकको पहिरो,कारोबार रकम भने बढ्यो

काठमाण्डौ – आज नेप्सेमा ८० अंकको पहिरो गएको छ ।

साताको पहिलो दिन ठूलो अंकले नेप्सेमा गिरावट आएको हो । नेप्से घटे पनि कारोबार रकम भने 8 अर्ब माथि पुगेको छ ।

कारोबार भएका २ सय ७ कम्पनीहरुमा ५ बाहेक अरु सबै कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको हो।

यस उपसमूह अन्तर्गतको चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेसँगै परिसूचक बढ्न पुगेको हो। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१३ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ। भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया